२९ फाल्गुन २०७८, आईतवार
  • सविन लामिाछाने,

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन् ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका हुन् ।

घाइतेमध्ये पाँच पुरुष र दुई महिला रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने पाँच जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।

बससँग ठोक्किएपछि टाटा सुमो सडकदेखि अन्दाजी पाँच मिटर तल खसेको थियो । इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुषालले घटनाबारे थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV