२९ फाल्गुन २०७८, आईतवार
  • महेश्वर के.सी.

काठमाडौं । लिखित परीक्षामा उत्तीर्ण भएका नायब सुब्बाका उम्मेदवारहरूले लोकसेवा आयोगमा धर्ना दिएका छन् । उनीहरूले आइतबार कमलपोखरीस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालयमा पुगेर अन्तर्वार्ताको माग गर्दै धर्ना दिएका हुन् ।

गत भदौमा लिखित परीक्षाको नतिजा प्रकाशित भएपनि अहिलेसम्म अन्तर्वार्ता नहुँदा आफूहरूको भविष्य अन्योल भएको भन्दै उनीहरूले आयोगको ध्यानाकर्षण गराएका हुन् ।

परीक्षामा उत्तीर्ण भएर पनि अन्तर्वार्ता नहुँदा ४/५ सय नासुको भविष्य अन्योल भएको लिखित परीक्षामा सफल भएका उनीहरूले जनाएका छन् ।

अदालतमा मुद्दा परेपछि गत भदौदेखि नासुको अन्तर्वार्ता रोकिएको थियो । रोकिएका अन्तर्वार्ता र परीक्षाहरू यथाशीघ्र सञ्चालन गर्न आदेश आइसके पनि आयोगले काम अघि नबढाएको उनीहरूको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV