२९ फाल्गुन २०७८, आईतवार

काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी झापा जाने भएका छन् ।

सोमबार हुने झापा गोल्डकपको फाइनल हेर्न उनी झापा जाने भएका हुन् । यसबारे उनले सामाजिक संजाल फेशबुकमा भनेका छन्, ‘झापा गोल्डकपको फाइनलमा सहभागी हुन भोलि झापा जाँदैछु । झापमा भेटौला।’

झापा गोल्डकपको फाइनल भोलि सोमबार हुँदै छ । उक्त खेल बिर्तामोडस्थित डोमालाल रंगशालामा हुने छ ।

पछिल्लो समय नेपाली फुटबल र फुटबल प्रेमी माझ अल्मुताइरी लोकप्रिय छन् । उनको मुख्य कोचिङमा नेपालले लामो समयपछि केही महिनाअघि सार्कमा सेमिफाइनल खेलेको थियो ।

उनले ए डिभिजन लिगमा खेलाडीहरुले गरेको प्रदर्शनका आधारमा राष्ट्रिय टिममा छनौट गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV