२८ फाल्गुन २०७८, शनिबार
  • गोविन्द खत्री,

सुर्खेत । सुर्खेतको भेरिगंङ्गा नगरपालिका-११ रामघाटस्थित भेरी नदीमा पौडी खेल्न गएका दुई किशोरी र एक बालक बेपत्ता भएका छन् ।

रानीघाट बगरमा पौडी खेल्ने क्रममा शनिबार दिउसो करिब साढे चार बजे उनीहरू वेपत्ता भएका हुन् । स्थानीय रमेश शर्माका अनुसार वेपत्ता हुनेमा भेरीगंङ्गा-१३ की १२ वर्षीया गङगा खड्का, १२ वर्षीया कृष्णा सिजाली र लकवेशी नगरपालिका-५ खलटाकुराका ८ वर्षीय दिनेश बुढा रहेका छन् ।

प्रत्यक्षदर्शी भेरिगङगा-१३ की लक्ष्मी पचभइयाका अनुसार ६ जना सँगै पौडी खेल्न गएकामध्ये तीनजना बेपत्ता भएका हुन् । बेपत्ताहरूको खोजीका लागि प्रहरीचौकी रामघाट र इलाका प्रहरी कार्यालय लेकवेशीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV