२८ फाल्गुन २०७८, शनिबार

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित हुनु बिडम्बना भएको बताएका छन् ।

शनिबार काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा पोखरेलले राजनीति दुई धुव्रमा बिभाजित हुदा मलुकको समृद्धि र बिकासमा बाधा पुगिरहेको बताएका छन् ।

उनले एमाले सदैव मुलुकको बिकासको बाटोमा अग्रसर रहेको र अर्को ध्रुवले मुलकको राजनीतिलाई फोहोर बनाइनरहेको बताए । उनले राजनीतिले बाटो बिराएका कारण नै दूर्भाग्य झेल्नुपरेको धारणा राखे ।

पोखरेलले जुनसुकै दलको सरकार बनेपछि राज्यले शिक्षा क्षेत्रलाई सदैव प्राथमिकतामा राख्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV