२८ फाल्गुन २०७८, शनिबार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरलले सङ्गठनको सामथ्र्य निर्माणका लागि टोलटोलमा सङ्गठन विस्तार गर्न आवश्यक रहेको बताएका छन् । स्थानीय तह निर्वाचन केन्द्रित आज यहाँ आयोजित पार्टी प्रशिक्षणमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याएका सबै शक्ति एमालेमा रहेकाले आगामी निर्वाचन बलियो शक्तिका रूपमा उदाउने दाबी गरे ।

महासचिव पोखरेलले भने, “पार्टी विभाजनको मुख्य एजेण्डा एक व्यक्ति, एक पद र एमसिसी रहेकामा आज ती दुवै एजेण्डा सत्ता गठबन्धनमा सामेल पार्टीका नेतृत्वबाटै कति पालना भयो, भएन भन्ने देखिसकिएको छ ।”

आगामी निर्वाचनका माध्यमबाट पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी गर्दै उनले नेपालको संसदीय प्रणालीमा दलीय अनुशासन उल्लङ्घन गर्ने कार्यबाट राजनीति दिशाविहीन बन्न राजनीतिक निर्वाचनका माध्यमबाट ठिक मार्गमा ल्याइने बताए ।

आकाश, जमिन र समुद्रमा पनि नेपालको अधिकार स्थापितका लागि ओली नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दाबी गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा जनताले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV