२८ फाल्गुन २०७८, शनिबार

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमालेमा इतिहास, बलिदान र भिजन व्यावहारिक क्षमताको कारण खप्पिस पार्टी बनेको दावी गरेका छन् ।

काठमाडौंमा आयोजित एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा एमाले जस्तो इतिहास बोकेको पार्टी कुनै नभएको जिकिर गरे ।

उनले एमालेले ३ वर्ष सरकार चलाउदा नै सबैको नीद हराम भएको टिप्पणी गरे । प्रचण्ड–नेपाललाई लक्षित गर्दै ओलीले भने, ‘सरकार बनाउने तीन वर्ष मौका पाउँदा त सबैको नीद हराम गरिदिँदो रहेछ। कतै नभएपछि पाँच वर्ष पर्खिन सकेनन्।’

उनले अघि भने, ‘नेकपा एमालेमा इतिहास, बलिदान र भिजन व्यावहारिक क्षमता छ। एमाले जस्तो इतिहास बोकेको पार्टी नेपालमा अरु कुनै छैन।’

उनले प्रचण्ड नेपालहरु निर्वाचनबाट भाग्न खोजेको पनि आरोप लगाएका छन् । तर एमालेले भाग्न नदिने उल्लेख गरे ।

‘प्रचण्ड–नेपालहरु चुनावबाट भाग्न खोज्दैछन्, भागेर कहाँ जान्छौ ? चुनाव त गराउनैपर्छ। जता भागेपनि एमालेको भेललले तिमिहरुलाई बगाउनेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV