२८ फाल्गुन २०७८, शनिबार
  • अनमोल कार्की

रौतहट । सशस्त्र प्रहरीले श्रोत नखुलेको १८ लाख ७३ हजार रकमसहित शुक्रबार एक भारतीयलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर, रौतहटको टोलीले शुक्रबार बौधिमाई नगरपालिका– ९ सरमुजवा स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ती व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पूर्वी चम्पारण महंगुआ गुरहनवा ग्राम पन्चायत वडा नम्बर – २ बस्ने ४५ वर्षिय दीपनारायण प्रसाद रहेका छन् । उनले भारतीय नम्बर विआर ०५ वाइ २९७९ नम्बरको ग्लामर मोटरसाइकलमा लुकाएर ल्याइरहेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर, रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक ध्रूर्व बहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिले मोटरसाइकलको टुलबक्स, साइटबक्स, हेलमेटमा सो रकम लुकाएर ल्याएको उनले बताए ।

विशेष सुचनाको आधारमा अभियुक्त सवार मोटरसाइक चेकजाँच गर्दा प्रहरीलाई सफलता मिलेका र बरामद रकम, मोटरसाइकल थप अनुसन्धानको लागि गौर भन्सार कार्यालय गौर बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले जनाएको छ ।

जिल्लामा सशस्त्र प्रहरीले मात्र यो आर्थिक वर्षमा श्रोत नखुलेको ३९ लाख ८ हजार नगद, मोटरसाइकल ५३ वटा, पिकअप १ वटा, ट्याक्टर २ वटा, अटो रिक्सा २ वटा र बोलेरो १ वटा वरामद गर्न सफल भएको गणले जानकारी दिएको छ ।

सोही क्रममा १३ जना मानिसहरु पनि पक्राउ परेको गणले जनाएको छ । पछिल्लो समय रौतहटमा हुन्डी कारोवारी बढ्दै गइरहेकाले यस्ता श्रोत नखुलेको रकम हुन्डी कारोवारीहरुलेनै प्रयोग गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

यसरी पक्राउ पर्नेहरुमा अधिकासं केही पैसाको लोभमा भरिया भएर काम गर्नेहरु रहेका छन् । मुख्य कारोबारी समक्ष प्रहरी पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV