२७ फाल्गुन २०७८, शुक्रबार

काठमाडौं । नाबालिग बालिका बलात्कारका आरोपी अभिनेता पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीलाई शुक्रबार तनहुँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो ।

नाबालिग बालिकालाई हत्याको धम्की दिएको, बलात्कार प्रकरणमा संलग्न भएको आरोप जोशीमाथि छ । पक्राउ परेका जोशीलाई जिल्ला अदालत तनहुँबाट अनुसन्धानका लागि सात दिनको म्याद समेत लिइएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV