२७ फाल्गुन २०७८, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित भइसकेपछि अब यस अन्तर्गत हुने पूर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई आह्वान गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने बाध्यता रहेको बताए । देउवाले नेपालका निर्माण व्यवसायीले पनि यसमा भाग लिन आग्रह गरे ।

देउवाले भने, ‘एमसीसीमा ग्लोबल बिडिङ हुन्छ, नेपालको ठेकेदारले पनि प्रतिस्पर्धा गर्नुस्, सफल हुनुस् । म सबैभन्दा बढी खुशी हुनेछ । अन्तर्राष्टिय बिडिङ हुन्छ, यसमा संसारका जो पनि आउन सक्छ ,चीन र भारतका आउन सक्छन् । नेपालका तपाईहरुहरु पनि धेरैभन्दा धेरै सहभागी हुनुस् ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV