२६ फाल्गुन २०७८, बिहीबार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौंको भिमसेनगोलामा पनि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका सञ्चालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बैंकको १२९औं शाखाकोे समुद्घाटन गरी सेवा शुभारम्भ गरेकी थिइन् । उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक मनबहादुर राई, सुनिल न्यौपाने, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत बैंक उच्च व्यवस्थापन समूह र स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

भिमसेनगोला शाखा सञ्चालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २६ पुगेको छ । देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

योसँगै बैंकको कुल शाखा संख्या १२९ पुगेको छ, भने बैंकले १० एक्सटेन्सन काउण्टर २६ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV