२६ फाल्गुन २०७८, बिहीबार

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्रीको सल्लाहकारमा लेखक एवम् राजनीतिकर्मी प्रकाश विकल्प नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषदको बैठकले विकल्पलाई सल्लाहकारमा नियुक्त गरेको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा स्थानीय तह विभागका उपप्रमुखसमेत रहेका विकल्प लेखक एवं अनुसन्धाता पनि हुन् । विगतमा उनले केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलन परिचालनमा सचिवालयमा रहेर समेत उनले काम गरेका थिए ।

बाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ‘स्मार्ट सरकार’ बनाउने लक्ष्यअनुरूप अघि सारेको वडातहसम्मको समाजवादी कार्यक्रम, प्रविधिमैत्री यातायात क्षेत्रलगायत प्रदेश विकासका नविनतम कार्यक्रमलाई रणनीतिकरूपमा अघि बढाउनका लागि विभिन्न क्षेत्रका विज्ञलाई सल्लाहकारमा नियुक्त गरेका छन् । सोही क्रममा विकल्पलाई पनि सल्लाकार बनाइएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

‘देश किन बनेन’, ‘समृद्धिको रोडम्याप’ लगायत पुस्तकका लेखक समेत रहेका विकल्प आफूले पाएको जिम्मेवारी वैज्ञानिक खोज, अनुसन्धान, अन्वेषण र प्रयोगको माध्यमद्वारा समाज रुपान्तरणमा प्रयोग गर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV