२६ फाल्गुन २०७८, बिहीबार
  • रितिक अधिकारी,

सर्लाही । सर्लाहीको बागमतीमा हुने मधेश प्रदेशकै सर्वाधिक धनराशीको राजर्षी जनक कप फुटबल प्रतियोगिताको छैटौं संस्करण चैत २ गतेबाट सुरु हुने भएको छ । विहीबार जिल्लाको बागमतीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता चैत २ गतेबाट सञ्चालन हुने आयोजक बागमती युवा क्लबले जनाएको हो ।

बागमती नगरपालिकाले आन्तरिक पर्यटन तथा संस्कृति सम्बद्र्धन गर्ने उदेश्यका साथ राजर्षी जनक कप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । चैत २ गतेबाट बागमती नगरपालिका–१२ स्थित स्व.संन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजना गरिने प्रतियोगितामा आन्तरिक तथा बाह्य गरि १२ वटा क्लवको सहभागिता रहने आयोजक बागमती युवा क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।

उनका अनुसार चैत १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ स्वदेशी र एक विदेशी गरी १२ ओटा टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा आयोजक बागमती युवा क्लव सर्लाही, मनाङ मस्र्याङदी क्लव काठमाडौं, नेपाल आइस हिमालयन शेर्पा क्लव काठमाण्डौ, पिप्ले युवा क्लव हेटौडा, केबीए ग्लोबल बीएफसी चितवन, न्यूरोड टिम (एनआरटी) काठमाडौं, नवजन जागृति फुटबल क्लव सिमरा, नेपाल पुलिस क्लव काठमाडौं, सुदूरपश्चिम ११ धनगढी, मछिन्द्र फुटबल क्लव काठमाडौं, एभेनिर फुटबल क्लव क्यामरुन, सशस्त्र पुलिस क्लव (एपीएफ) काठमाडौंको सहभागिता रहने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत राज मैनालीले बताए ।

प्रतियोगिताको विजेताले नगद रु १० लाखसहित राजर्षी जनक कप तथा उप विजेताले नगद रु ५ लाखसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी हरेक विधाका उत्कृष्ट खेलाडीलाई नगद रु २५ हजार प्रदान गरिने अध्यक्ष मैनालीले बताए ।

प्रत्येक प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद रु २० हजार प्रदान गरिने छ । त्यसैगरी बागमती राइजिङ अफ द एयर हुने खेलाडीलाई मोटरसाइक र फाइनल खेलका उत्कृष्ट खेलाडीलाई नगद रु ५१ हजार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनमा अनुमानित रु ८० लाख खर्च हुने आयोजक क्लवका अध्यक्ष मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV