२६ फाल्गुन २०७८, बिहीबार
  • विनय तिम्सीना,

इलाम । सनराइज बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखालाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सनराइज बैंक लिमिटेडका नायव महाप्रवन्धक रविन कुमार नेपालले विहीबार एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी इलाम शाखाका सभापति शिव प्रसाद गौतमलाई दुई लाख रुपैयाँको चेक हस्तान्तण गरेका हुन् ।

कार्यक्रममा नेपालले सनराइज बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत अहिले सनराइज बैंकको केन्द्रीय कार्यालयले इलामको रेडक्रसलाई सहयोग गरेको बताए । आफ्नै गृह जिल्लाको विशुद्ध सेवामुखी संस्था रेडक्रसलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा शाखाका सभापति गौतमले इलाममा गरिने प्रत्येक मानव सहयोगमा सनराइज बैंकको हिस्सा भएको भन्दै बैंकलाई धन्यवाद दिए । रकम हस्तान्रण कार्याक्रमा सनराइज बैंकका एक नम्वर प्रदेश प्रमुख विवेक निरौला, इलाम शाखाका शाखा प्रमुख ज्ञान श्याम गुरुङ र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी इलामका उपसभापति रतन चैधरीले स्वागत गरेका कार्यक्रमलाई रोम आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए शाखाका अन्य पदाधिकारी तथा सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV