२६ फाल्गुन २०७८, बिहीबार

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि सुरू भएको छ । बुधबारदेखि सुरु भएको  उक्त बैठक बबरमहलस्थित कार्की बैंङक्वेटमा जारी रहेकाे छ ।

बुधबारकाे बैठकमा पार्टीका अध्यक्ष माधव नेपालले १० पेज लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमाथि बुधबारबाटै ९ समूहमा विभाजन गरेर छलफल भइरहेकाे छ । बैठकले अब आगामी स्थानीय तहकाे निर्वाचनबारे तयारी तथा कार्ययोजनामा केन्द्रित हुनेगरी निर्णय गरेर सम्पन्न हुने बताइएकाे छ । राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सकेर आजै निष्कर्ष सुनाइने र बैठक पनि अन्त्य गरिने जनाइएकाे छ ।

तस्वीर : महेश्वर के.सी.

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV