२६ फाल्गुन २०७८, बिहीबार

एजेन्सी । स्पेनिस् क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्सको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई ३–१ गोल अन्तरले पराजित गर्दै सम्रग ३-२ को जिन निकाल्दै प्रीक्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा रियल १–० ले पराजित भएको थियो । दोस्रो लेगमा सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पिएसजी अन्तिम १६ बाटै बाहिरिन पुग्यो । बेन्जेमाले दोस्रो हाफमा १७ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गर्दै रियललाई अन्तिम आठमा स्थान पक्का गरे ।

३९औं मिनेटमा केलियन एमबाप्पेको गोल गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले नेयमारको पासमा गोल गरेका थिए ।

एक गोलले पछि रहेको दोस्रो हाफमा रियलले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भयो । ६१औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७६औं मिनेटमा बेन्जेमाले नै गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए ।

त्यसको दुई मिनेटमा पछि नै बेन्जेमा ह्याट्रिक पूरा गर्दै रियललाई ३–१ ले अघि बढाउँदै पूनरागमन जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV