२५ फाल्गुन २०७८, बुधबार

काठमाडौं । नाबालिग बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई अहिले बयानका लागि नवलपरासी पूर्वमा पुर्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय, तनहुँबाट मंगलबार बयानका लागि नवलपरासी पूर्व लगिएका अभिनेता शाहलाई बुधबार म्याद थप गर्न जिल्ला अदालतबाट बयानका लागि कावासोतीस्थित सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

प्रहरीले अभिनेता पललाई हातमा हतकडी लगाएर सरकारी वकिलको कार्यालयमा लगेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँपछि गैंडाकोटमा पनि आफूमाथि जबर्जस्तीकरणी गरेको भन्दै बालिकाले फागनु १६ गते इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अभिनेता शाहविरुद्ध उजुरी दिएकी थिइन् । गत १५ गते अभिनेता शाह प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV