२५ फाल्गुन २०७८, बुधबार

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले “हुन्डाई Best Buy” योजना ल्याएको छ । यो योजना नेपाल अधिराज्यभर लागू हुने कम्पनीले जनाएको छ ।

यस योजनामार्फत् ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुविधाहरु प्राप्त गर्ने अवसर पाँउने भएका छन ।

यो योजनामार्फत् ग्राहकले ५० हजार रुपैयाँसम्मको Best Buy बोनस, एक वर्षको निःशुल्क बृहत बीमा तथा सडक कर, रु ३०००० सम्मको एक्सचेन्ज बोनस, रु ४००००० सम्मको आकर्षक नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएशन पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।

हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी रहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकहरूलाई विभिन्न उपहार र फाइदाहरू प्रदान गर्न सधैं नयाँ र नवीन योजनाहरू ल्याउदै आएको छ ।
यो योजना २०७८ चैत्र १९ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV