२५ फाल्गुन २०७८, बुधबार
  • राम गोपाल तमखु,

भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले “क्षयरोगीलाई उपचार र अधिकारको सुनिश्चितता, क्षयरोग नियन्त्रण आजको आवश्यकता” भने नाराका साथ एनटीसी परियोजनाको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा उपस्थित राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका उपसचिव मुक्ति खनालले अब टीबीलाई रोकथाम नभइ उन्मुलन नै पार्ने बताए । जसका लागि सरकार तयार रहेको जानकारी दिदैं उनले ‘टीबी ३’ भनेर कार्यक्रम नै ल्याएको बताए ।

अब नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले टीबी उन्मुलनका लागि बजेटहरु छुट्याएर काम गर्नुपर्ने र केन्द्रीय सरकारबाट पनि बजेटको ब्यवस्था गरिने उनले जानकारी दिए । टीबी उन्मुलनका लागि विशेष गरेर स्थानीय सरकार लाग्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै नेपाल क्षयरोग निवारण संस्थका केन्द्रीय सदस्य महेन्द्रगोपाल कर्माचार्यले नेपाल क्षयरोग निवारण संस्थाले भक्तपुरमा स्थापनाकालदेखि गर्दै आएको कामका बारेमा जानकारी द्यिए । काम गर्ने क्रममा झेल्नु परेका समस्याहरुको बावजुद पनि संस्थाले धेरै सफलता प्राप्त गर्न सकेको उनले बताए ।

यस्तै स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले टीबी रोग उन्मूलनका लागि समुदायस्तरमा टीबी भएका ब्यक्तिको पहिचान गरी उपचारमा ल्याउन सके चाँडै लक्ष्य प्राप्ती हुने बताए ।

उपसभापति सुरेश प्रधानले पनि एनटीसी परियोजना अन्तर्गत गत वर्षदेखि संस्थाले गर्दै आएको कार्यक्रमहरु र आगामी कार्यक्रमका बारेमा सम्पूर्ण जानकारी दिए । उक्त कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुसमेतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV