२५ फाल्गुन २०७८, बुधबार
  • नवराज घिमिरे,

नुवाकोट । जिल्लाको बञ्चरेडाँडा आसपासको जग्गा अधिग्रहणको माग राख्दै फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङ्गका स्थानीयहरुले फोहोरमैलाका गाडी रोकेर आन्दोलन सुरु गरेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका र धादिङ्गको धुनिबेसी नगरपालिकाका स्थानीयहरु आन्दोलित भएका हुन् । बुधबारबाट काठमाडौंको फोहोर डुवानी गर्ने सबै गाडीहरु रोकेर उनीहरुले आन्दोलनको सुरुवात गरेका हुन् ।

उक्त आन्दोलनका संयोजक श्रीराम ढुङ्गाना भन्छन्, ‘अबको आन्दोलन निर्णयक हुनेछ ।’ जग्गा अधिग्रहण, अस्पताल निर्माण र वैज्ञानिक तवरबाट फोहोरमैलाको विसर्जनलगायतका मागहरु पूरा गर्नुपर्ने उनको भनाइ छ ।

सरकारी पक्षले विगतमा गरेका प्रतिबद्धता कार्यान्वयन नगरी सिसडोलमा १७ वर्ष फोहोरमैला थुपारेको र अहिले बञ्चरे डाँडामा पनि सोही नियति दोहो¥याउन लागेको उनीहरुले आरोप लगाएका छन् ।

उनीहरुले बञ्चरेडाँडा आसपासका प्रभावित क्षेत्र अधिकारभित्र ३ हजार मिटर क्षेत्रफल अधिग्रहण हुुनपर्ने र प्रभावित क्षेत्रका जनताहरुलाई उचित मुआब्जा दिनुपर्ने माग पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV