२५ फाल्गुन २०७८, बुधबार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ९३६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६८ जना र ३ हजार १५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ५५२ पुगेको छ । सोही अवधिमा ९६ हजार ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ५ हजार ६९२ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर २ सय ५१ जना संक्रमितहरु निको भएका छन्, भने सो अवधिमा कुनै पनि संक्रमितको मृत्यु भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV