२५ फाल्गुन २०७८, बुधबार

काठमाडौं । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदबाट पारित भएपछि पार्टीको अस्तित्व मेटिनबाट जोगिएको बताएका छन् ।

बुधबार केन्द्रीय समितिमा पेस गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी पारित भएपछि  पार्टीको अस्तित्व नै समाप्त हुनबाट जाेगिएकाे बताएका हुन् । यदि एमसीसी संसदबाट पास नभएकाे भए पार्टीकाे अस्तित्व नै सकिने पनि उनले बताए ।

उनले भनेका छन्, ‘हामीले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्न सहमति जनायौँ । यदि हामीले त्यसो नगरेको भए नेपाली कांग्रेस र एमाले मिलेर पाँच दलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई पदबाट हटाउने र हाम्रो १४ जना सांसदलाई कारबाही गर्ने । कांग्रेस र एमाले मिलेर एमसीसी जस्ताको तस्तै अनुमोदन गर्ने थिए । यस्तो अवस्थामा हाम्रो पार्टीको अस्तित्वलाई समाप्त पारिने, अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुन सक्थे । हामीले वैकल्पिक बाटो रोजेर ती सबै खतरालाई टारेका छौँ ।’

अध्यक्ष नेपालले देश अहिले एमाले र पाँच दलीय गठबन्धन विभाजित भइ अघि बढेको पनि बताएका छन् । साथै, एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सबै शक्ति एकजुट हुनुपर्ने पनि उनको जोड छ ।

अध्यक्ष नेपालले ओली पुनः शक्तिमा फर्किन षड्यन्त्र गरिरहेको र अहिलको मूल प्रवृत्तिको बाह ओली नै हरकेो आरोप लगाका छन् । उनका अनुसार पाँच दलीय गठबन्धलाई आगामी स्थानीय चुनावसम्म नभई संघ र प्रदेशसम्म निरन्तरता दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV