२५ फाल्गुन २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसद्बाट व्याख्यात्मक घोषणासहित पारित भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताबारे फैलाइएको भ्रम कांग्रेसले चिर्ने बताएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रवक्ता डा.महतले एमसीसीबारे फैलाइएको भ्रम चिर्ने बताएका हुन् । उनले भने, ‘एमसीसीको सन्दर्भमा व्यापक दुष्प्रचार गरियो । सोझा नागरिकमा यथार्थ भन्दा भ्रमको जनमत गराइयो । त्यसलाई चिर्नेछौं ।’

आगामी स्थानीय तहको चुनाव केन्द्रित बोलाइएको बैठकमा डा. महतले चुनाव लक्षित ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य खटाइने पनि बताए ।

‘घर–घर जाउँ कांग्रेस जिताऔं’ भन्ने मूल नाराका साथ कांग्रेसका उम्मेदवारलाई विजयी गराउन अघि बढ्नुपर्ने उनले बताए । उनका अनुसार फागुन २९ देखि चैत २९ गतेसम्म देशभर यो अभियान अघि लिएर कांग्रेस अघि बढ्नेछ ।

तस्वीर : महेश्वर के.सी.

प्रतिक्रिया दिनुहोस्
LIVE TV