
- ज्योती पन्थी,
बर्दिया । गुलरिया नगरपालिकाले ८ मार्च अर्थातर नारी दिवसको अवसरमा दलित महिला संघ बर्दियालाई सम्मान गरेको छ । मंगलबार बर्दियाको सदरमुकाम गुलरियामा नारी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा दलित महिला संघ बर्दियालाई सम्मान–पत्रसहित सम्मान गरिएको हो ।
कार्यक्रममा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले संघकी अध्यक्ष हेमा सुनारलाई कदर–पत्रसहित दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
दलित महिला संघ बर्दियाले लामो समयदेखि महिलाहरूको हक अधिकारका लागि काम गर्दै आएकोले सम्मान गरिएको गुलरिया नगरपालिकाकी उपप्रमुख सुशीला गिरीले बताइन् ।
नारी दिवसका अवसरमा अन्य संघ सस्थाहरूलाई पनि सम्मान गरिएको थियो ।