२५ फाल्गुन २०७८, बुधबार
  • अनमोल कार्की

रौतहट । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत पदमा कार्यरत उपसचिव खिम बहादुर भुजेल हटाएर उनको स्थानमा नायव सुब्बा नन्द किशोर गुप्तालाई निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएको छ ।

रौतहटका १८ वटा स्थानीय तहमा भुजेल मात्र उप सचिव हुन । अन्य सबै स्थानीय तह निमित्तको भरमा चल्दै आएको छ । दुई महिना अघिमात्र सरुवा भएर आएका भुजेलले कार्य सम्पादन गर्न नपाउँदै कटहरिया नगरपालिकामा मन्त्रालयले सोही नगरपालिकामा शिक्षा शाखामा कार्यरत निमित प्रशासकिय अधिकृतको रुपमा गुप्तालाई पठाएपछि नगरपालिकामा जनप्रतिनिधी आक्रोशित भएका छन् ।

नगर प्रमुख सन्तोष मेहत्ताले उपसचिव भुजेलको सबै कामकारवाही निकै राम्रो रहेको र सौहार्दपूर्ण वातावरणमा नगरपालिकाको कार्य सम्पादन भइरहेको अवस्थामा मन्त्रालयले अनावश्यक हस्तक्षेप गरे नायव सुब्बा गुप्तालाई निमित प्रमुख बनाएर पठाएकोमा आफुहरुको विरोध रहेको बताएका छन् ।

उनले विपक्षीहरुको दवावमा मन्त्रालयले नगरपालिकाको विकासको कार्यमा वाधा पु¥याउन उपसचिव हटाएर नायव सुब्बालाई निमित दिएर पठाएको भन्दै कुनैपनि हालतमा नायव सुब्बा गुप्तालाई नगरपालिकामा हाजिर गर्न नदिने बताए ।

‘अब्बल कार्य सम्पादन गरिरहेका उपसचिवलाई हटाएर किन विवादित नायव सुब्बालाई मन्त्रालयले निमित्त दिएर पठायो , यसको जवाफ मन्त्रालयले दिनुपर्छ’ उनले भने , ‘ मन्त्रालयलाई मनपरि निर्णय गरेर नगरपालिकालाई अस्तव्यस्त बनाउने अधिकार छैन् । यसको हामी सबै प्रकारले कडा प्रतिवाद गर्छौ ।’

उपसचिव हटाएर नायव सुब्बालाई निमित प्रमुख प्रशासकिय अधिकृत बनाएको विरोधमा नगर प्रमुख मेहत्ता अन्य जनप्रतिनिधी सहित सामान्य प्रशासन मन्त्रालयमा पुगेका छन् ।

नगर प्रमुख मेहत्ताले आफु हाकिम बन्नका लागि गुप्ताले नगरपालिकाकी उप प्रमुख हुस्ने आरा र वडा अध्यक्ष इद मोहमदको नक्कली हस्ताक्षरको कार्यपालिका बैठकको निर्णय मन्त्रालयमा बुझाएको सुचना पाएर आफुहरु अहिले मन्त्रालय आएको र सो नक्कली हस्ताक्षर सहितको बैठकको निर्णय लिएर आफुहरु गुप्ता विरुद्ध कानुनी उपचारमा जाने बताए ।

मन्त्रालयका कर्मचारीले रकमी चलखेल गरेर उप सचिवको दरबन्दी भएको पालिकामा उपसचिव हटाएर नायव सुब्बालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएर पठाएको एक जनप्रतिनिधीको आरोप छ ।

उनले सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठका स्वकिय सचिव दिलिप पटेलले आर्थिक चलखेल गर्दै भुजेललाई हटाएर नगरपालिकाको शिक्षा शाखाका प्रमुख नायव सुब्बा गुप्तालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको पत्र दिएर पठाएको आरोप लगाउँदै पटेल रौतहटकै भएका कारण आउँदो स्थानीयको निर्वाचनलाई मध्यनजर गर्दै पालिकाहरुमा आफ्ना मान्छे पठाउने अभियानै थालेको हुनसक्ने आशंका गरे ।

सो नगरपालिकामा राजनैतिक खिचातानी र मन्त्रालयका कर्मचारीको आर्थिक चलखेलका कारण एक बर्षमा चार जना कार्यालय प्रमुख फेरिएकाले प्रशासनिका कार्यहरु प्रभावित भइरहेको नेकपा एमाले नगर कमिटि अध्यक्ष मोहन मेहताले बताए ।

उनले मन्त्रालयका कर्मचारीहरुको स्वार्थका कारण बारम्बार हाकिम फेरिने प्रवृतिले गर्दा स्थानिय तहको विकास निमार्ण लगायतका कामकारवाही प्रभावित भइरहेकाले यस बारेमा संघिय सरकार गम्भिर हुनुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV