२५ फाल्गुन २०७८, बुधबार

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले सानदार जित निकाल्दै युइएफए च्याम्पियनको क्वाटरफाइनमा प्रवेश गरेको छ । गएराति भएको खेलमा साल्जवर्गमाथि ७-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ८-२ को जित निकाल्दै बायर्न म्युनिख क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा बायर्न म्युनिखलाई सानदार जित दिलाउनको लागि रोबर्ट लेवान्डोस्कीले ह्याट्रि गरे । थोमस मुलरले दुई गोल सर्ज जिनाब्री र लिरोए सानले समान एक-एक गोल गरे । साल्जवर्गका मौरिट्स काएरगार्डले एक गोल फर्काए ।

खेलको १२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी मार्फत गोल गर्दै बायर्न म्युखिनलाई अग्रता दिलाएका थिए । २१औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमै गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

२३औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक गरे । ३१औं मिनेटमा सर्ज जिनाब्रीले र ५४औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई ५-० ले अघि बढाए ।

७०औं मिनेटमा काएरगार्डले गोल गर्दै खेललाई ५-१ को अवस्थामा ल्याए । ८३औं मिनेटमा थोमस मुलरले गोल गर्दै ६-१ को अग्रता दिलाए । ८६औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई ७-१ को सानदार जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV