२४ फाल्गुन २०७८, मंगलवार

काठमाडौं । उद्यमशीलतामा महिलाको सहभागिता आशालाग्दो रुपमा बढेको छ । उच्च शिक्षा अध्ययन गरेका शिक्षित महिलाहरु पछिल्लो समय विभिन्न उद्यम ब्यवसायमा आकर्षित भएका छन् ।

महिला उद्यमशीलताको विकासले समग्र समाज तथा मुलुकको विकासमा सहयोग पु¥याउने गरेको छ । विभिन्न होटल, हस्पिटल तथा कर्पोरेट क्षेत्रमा पुगेर ड्राइ क्लिनिङ सेवा सञ्चालन गर्दै आएको ‘द लण्ड्री ब्याग’ले अहिले यस सेवालाई आधुनिक शैलीमा विस्तार गरिरहेको छ ।

विशेषगरी होटल तथा हस्पिटलमा नै कार्यालय राखेर लण्ड्री तथा क्लिनिङ सेवा सञ्चालन गरिरहेको ‘द लण्ड्री ब्याग’का सञ्चालक तथा संस्थापक हनी अग्रवालले नेपालमा आधुनिक शैलीमा यो ब्यवसाय सञ्चालन गरिरहेको बताएकी छन् ।

हाल काठमाडौको हायात प्यालेस र नर्भिक अस्पतालमा ‘द लण्ड्री ब्याग’ले कार्यालयनै खोलेर नयाँ तरिकाबाट सेवा प्रवाह गरिरहेको छ । आफ्ना ग्राहकहरुलाई घरमै पुगेर आवश्यकता अनुसारको सेवा सञ्चालन गर्ने योजना कम्पनीले लिएको छ ।

भारतको प्रतिष्ठित युनिभर्सिटीबाट एमबीए अध्ययन पूरा गरेपछि आफ्नो देश नेपाल फर्किएर आधुनिक शैलीको उद्यम गर्ने लक्ष्य लिएर अग्रवालले ‘लण्ड्री ब्याग’ कम्पनीको सुरुवात गरेको उनी बताउँछन् ।

भारतको विभिन्न शहरमा ड्राई क्लिनिङ सर्भिसको अनुभव बटुलेर नयाँ सोच र परिकल्पनाका साथ यस ब्यवसायमा आर्कषित भएकी अग्रवालले नेपालको विभिन्न अस्पताल, होटल, कर्पोरेट तथा निजी आवासहरुमा समेत आधुनिक शैलीबाट सेवा विस्तार गर्ने योजना बनाएकी छन् ।

महिलाहरुले पनि समाजमा केही नयाँ सोच र उदेश्यका साथ काम गर्नसक्ने भएकाले महिलाहरु उद्यमशीलतामा लाग्नसक्ने अग्रवाल बताउँछन् । ‘द लण्ड्री ब्याग’मा महिलाले नै सञ्चालन गरेको हुँदा यस कम्पनीमा ७० प्रतिशत जनशक्ति महिलाहरु रहेको छ ।

उद्यमशीलताको विकासमा नयाँपन र राम्र्रो सेवा प्रवाह गर्ने उदेश्य लिएर अघि बढेकी अग्रवालले ‘द लण्ड्री ब्याग’लाई उद्यमशीलताको नमूनाको रुपमा बिकास गर्ने योजना बनाएकी छन् ।

पढेलेखेका शिक्षित युवाहरुले आफूले सिकेको ज्ञान तथा सीपलाई आधुनिक शैलीबाट बिकास गर्न सकेमा रोजगारी सिर्जना हुने र आर्थिक समृद्धिमा टेवा पुग्ने उनको भनाइ छ ।

आजको आधुनिक परिवेश र प्रतिस्पर्धात्मक समाजमा हरेक युवा वर्गले कुनैपनि काम नयाँ शैलीबाट प्रस्तुत गर्दा उद्यमशीलताको विकासमा टेवा पुग्ने बिश्वासले आफूले आफ्नै देशमा विश्वविद्यालय तथा विदेशबाट सिकेको ज्ञान र सीपलाई उद्यम तथा ब्यवसायमा प्रयोग गरेको युवा उद्यमी हनी अग्रवाल बताउँछन् ।

‘द लण्ड्री ब्याग’ले उद्यमशीलतमा महिलाको नेतृत्व र रोजगारीमा सहयोग पुग्ने विश्वास लिएको छ । सरकारले पनि युवा उद्यमीको सम्भावना र अवसरका लागि सहज वातावरण निर्माण गर्न सकेमा उद्यमशीलताको विकास हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV