२४ फाल्गुन २०७८, मंगलवार
  • रामगाेपाल तमखु

भक्तपुर । भक्तपुरमा परालले छोपेको अवस्थामा मृत भेटिएकी महिलाकाे पहिचान खुलेकाे छ । सोमबार राति मृत फेला परेकी महिला काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ९ घर भई हाल भक्तपुर चाँगुनरायाणमा बस्दै आएकी २८ वर्षीय जेनिसा नगरकोटी रहेको महानगरीय प्रहरीले जनाएको छ ।

मृतक महिलाको घाँटी अगाडिको भागमा गहिरो चोट, शरीरको अन्य भागहरुमा समेत काटेको चोटहरु र अर्धनग्न अवस्थामा फेला परेको हुनाले हत्या भएको हुन सक्ने महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना आधिकारी डिएसपी राजु पाण्डेले जानकारी दिएका छन् ।

घटनास्थलमा मुचुल्का गरी पोष्टमार्टमको शव लागि केएमसी अस्पताल दुवाकोट लागिएको र थप अनुसन्धान भईरहेको परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV