२३ फाल्गुन २०७८, सोमबार

एजेन्सी । चीन र रुसले रणनीतिक समन्वयात्मक जोडलाई कायम राख्ने र नयाँ युगको लागि चीन र रुसबीचको बृहत्तर रणनीतिक साझेदारीको समन्वयलाई प्रगाढ बनाउने कुरा राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले सोमबार बताउनु भएको छ ।

रुसले युक्रेनमाथि सशस्त्र कारवाही गरिरहेको बेला चीनले यस्तो बताएको हो । रुसले झण्डै १५ दिनअघिबाट सशस्त्र करवाही गरिरहेको छ । युक्रेनपनि त्यसको प्रतिवातमा उत्रिएको छ । जसका कारण दूर्वतर्फ ठूलो जनधनको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV