२३ फाल्गुन २०७८, सोमबार
  • मुस्कान श्रेष्ठ

वीरगंज । वीरगंजको लोहारपट्टीस्थित आरबी कम्पलेक्समा अत्याधुनिक किचन कन्सेप्ट तथा फर्निचर शोरुमको आजबाट संचालनमा आएको छ ।

वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले एक कार्यक्रमका बिच शोरुमको उद्घाटन गरेको हुन् । अत्याधुनिक भान्साको अवधाराणा वीरगंजमा समेत प्रवेश गरेकोले यसले घर परिवारको स्वास्थ्यको मात्रै नभईको सुरक्षाको दृष्टिकोणले उपयुक्त हुने सरावगीले बताए ।

मोडुलर किचन कन्सेप्ट तथा फर्नीचरका संचालक प्रकाश टिबडेवालले पछिल्लो समय नेपालीहरु आधुनिक घरसँगै आधुनिक भान्सातर्फ आर्कषीत हुँदै भएको बताए ।

अहिले आफ्ना घर, कोठा, हललाई आधुनिक र सुन्दर बनाउन लाखौं खर्च गर्ने गरेकोमा अहिले भने भान्सालाई समेत आधुनिक र सुन्दर बनाउने तर्फमा ध्यान केन्द्रित भएको उनले बताए ।

विगतमा अत्याधुनिक भान्सा बनाउन आवश्यक पर्ने समानहरु विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको साथै गुणस्तरहीन हुने गरेको हुनाले ग्राहकलाई गुणस्तीय सेवा प्रदान गर्ने उदेश्यले आफ्नै मुलुकमा उत्पादन गर्न थालिएको उनको भनाइ छ ।

सन् २००४ मा काठमाडौंबाट सुरुवात गरेको उक्त व्यावायस हाल नेपालका ११ जिल्लामा किचेन कन्सेप्ट र ८ जिल्लामा अत्याधुनिक फर्नीचरको शोरुमको संचालनमा छ ।

अब हेटाँैडा, चितवनलगायत विभिन्न जिल्लाहरुमा आफ्नो शाखा विस्तार गर्ने उनले बताए । यस्तै मोडुलर किचेन कन्सेप्ट तथा फर्नीचर वीरगंजका संचालक संजय अग्रवालले ७० लाखको लागतमा व्यासाय संचालन गरिएको जानकारी दिए । उनले हालसम्म १२ वटा घरको भान्सलाई रुपान्तरित गरिसकेको र २ वटा जारी रहेको जानकारी दिए ।

एउटा घरमा भास्नालाई रुपान्तरित गर्न ३० दिन लाग्ने गर्दछ । जसमध्ये २५–२७ दिन समान बनाउन समय लाग्ने छ भने ३ दिन फीटिङ गर्नमा लाग्ने छ । ग्राहकले आफूले चाहे अनुसारको डिजाईन दिएर पनि बनाउन सकिने छ । वीरगंजमा पहिलो पटक अत्याधुनिक किचन कन्सेप्ट तथा फर्निचर शो रुम संचालनमा आएको संचालकले दाबी गरेका छन् ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल, वीरगंजका व्यवसायीहरुकोसहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV