२३ फाल्गुन २०७८, सोमबार
  • मुस्कान श्रेष्ठ

वीरगंज । सिसिर्या नदी एवम वीरगंज प्रदूषण मुक्त अभियानले आइतबार वीरगंजको मुख्य सडक घण्टाघरमा धर्ना दिएका छन् ।

अभियानले ‘स्वच्छ नदी पवित्र जल, स्वस्थ्य जिवन समृद्ध वीरगंज’ को नारा सहित सिसिर्या नदीलाई प्रदूषण मुक्त बनाउन माग गर्दै दुई दिने धर्ना कार्यक्रमको आयोजना गरेको हो । विगतमा सिसिर्या नदीको पानी पिउने गरिएकोमा पछिल्लो समय बारा–पर्सा औद्योगिक करिडोर अन्तरगतका उद्योगहरुबाट निस्कने केमिकलयुक्त फोहोर पानी बिना प्रशोधित नदीमा फ्याक्ने गरेकाले नदी प्रदूषित हँुदै गएको छ ।

नदीलाई सफा र स्वच्छ बनाउन विभिन्न दबाब मुलक कार्यक्रमहरु गरेर ध्यानाकर्षण गराउँदा समेत संम्बन्धीत निकाय मौन बसेका छन् । सो कुरालाई मध्य नजर गर्दै धर्ना कार्यक्रमको आयोजना गरि संम्बन्धीत निकायलाई घच्घच्याउने उद्देश्य रहेको लोकतान्त्रिक समाजवादी पार्टी वीरगंज महानगरका अध्यक्ष ओम प्रकाश सरार्फले बताए । उनले १० बुँदे माग सहित धर्नामा बसेको भन्दै सिसिर्या नदीलाई सफा, स्वच्छ र पहिला जस्तै पवित्र नबनाएसम्म आफूहरु दवावमुलक कार्यक्रमहरु गरिरहने बताए ।

नदी प्रदूषणका कारण त्यस आसपासका क्षेत्रका बासिन्दा धेरै मर्कामा परेका छन् । उनीहरु छाला सम्बन्धी रोगबाट ग्रसित भएका छन् । लोसपा पर्साकी नेतृ रम्भा मिश्रले तराई क्षेत्रको महान पर्व छठ पूजामा व्रतालु महिलाहरुले सिसिर्या नदीमा पसेर सूर्य भग्वानलाई अर्घ चढाउने गरेकोमा अहिले उक्त नदी विषमा परिणत भएको बताइन् ।

नदी छेऊछाऊबाट आवतजावत गर्ने पनि समस्या भएको नेतृ किश्राले बताइन् । सिसिर्या नदी प्रदूषित मात्रै नभई अतिक्रमणको चपेटामा समेत परेको छ । उक्त विसाल नदीको सांघुरिँदै गएको वीरगंजका बुद्धिजिवीहरुको भनाइ छ ।

वरिगंज महानगरपालिकाले नदी प्रदूषित गर्ने कसैलाई नछाड्ने प्रतिबद्धता गरेपनि कुनै चोसो नदेखाएको त्याहाँका बासिन्दाले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV