२३ फाल्गुन २०७८, सोमबार

काठमाडौं । मुलुकबाट प्रत्येक दिन २० किलो सुन खरिदमा १२ लाख ६० हजार अमेरिकी डलर बाहिरिरहेको थियो। यो प्रतिअमेरीकी डलर १२२.२ को दरले १ खर्ब ५३ अर्व ९२ करोड १६ लाख रुपैयाँ हो। बैंकले प्रतितोला सुनमा ६३ हजार अमेरिकी डलर खर्चिँदै आएको छ।

एकातिर दैनिक आयातीत वस्तुमध्ये सबैभन्दा बढी हिस्सा सुनले ओगट्छ । अर्कोतर्फ यो महँगो वस्तुभित्र पर्छ।

अहिले प्रति तोला छापावाला सुनको मुल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ र तेजावी सुनको प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ छ। यसरी सुन आयातका कारण ठूलो भोलममा डलर खर्च हुँदै आएको छ।

यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV