२२ फाल्गुन २०७८, आईतवार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९२९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार १३५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ०४६ पुगेको छ । सोही अवधिमा ८८ हजार ५६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ६ हजार ४६१ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना मुक्त भए, २ संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ सय ३८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५९ हजार ०९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९२९ जनाको परीक्षण हुँदा हालसम्म कुल ६५ लाख २२ हजार ९८७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ संक्रमितको मृत्यु भएको छ । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV