२१ फाल्गुन २०७८, शनिबार

काठमाडौं । पछिल्ला दिनमा नेपालमा हाँस्यशृखलाहरुको निर्माण हुने क्रम बढ्दो छ । यसैबीचमा हाँस्य सामग्रीले भरिएको हाँस्य टेलिशृखला गोलमालको तेस्रो सिजन शुक्रबारबाट प्रसारणमा आएको छ ।

गोलमालको उक्त शृखलामा शिवहरि आचार्य, सुशील पोख्रेल, अंशु थापा (हात्ति), प्रायंक स्टार एलिस राईलगायतका चर्चित कलाकारहरुको बेजोड अभिनयले भरिएको छ ।

शृखला हरेक शुक्रबार राति सवा ७ बते टेलिभिजन र युट्युबमा प्रशारण हुँदै आएको छ । पर्शुराम रिजालको परिकल्पना, लेखन र निर्देशन रहेको ‘ गोलमाल’ले समसामयिक विषयमा ब्यङ्ग्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV