२१ फाल्गुन २०७८, शनिबार

नुवाकोट । राप्रपाका पूर्व अध्यक्ष एवं पुर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले काँग्रेस र कम्युनिष्टले देश डुवाइसकेको आरोप लगाउनु भएको छ ।

नुवाकोट जिल्लाकाे   क्षेत्र न १ ककनी गाउँपालिकाको बिरुवास्थित वडा कार्यलय उद्दघाटन गर्दै लोहनीले राप्रपा नै अबको बैकल्पीक शक्तिको रुपमा उदाएको उद्घोष गर्नुभयो ।

ठूला राजनितीक दलहरु काँग्रेस, एमाले र माओवादीले भ्रष्ट्रचार गर्दै देशलाई डुबाइसकेकाले उनीहरुबाट पार नलाग्ने जिकिर गर्नुभयो ।

बिकासको नाममा बिनास गर्दे लुटी उनीहरुले खाने भाडो बनाएको आरोप लगाउनु भयो ।

‘ककनी गा.पा मा बार्षिक ३५ देखि ४० करोड बजेट आउछ । तर बिकाश खाेइ ? तपाइहरुले जनप्रतिनीधिलाई प्रश्न गर्न पर्यो,’ उहाँले भन्नुभयो, प्रत्येक वडामा बार्षिक ५ करोडको हाराहारीमा बजेट आउछ । तर बिकास के भएको छ ? एक एक हिसाब माग्नुहोस्।’

फोहोर मैला डम्पिगंसाइटको अति प्रभावित क्षेत्र भित्र पर्ने ककनी गाउँपालिकाकाको वडा न १, २, र ३ का आम नागरिकको जनजिवन अस्त ब्यस्त बनाउदै उनीहरुको स्वास्थ्यसँग बाँच्न पाउने हकअधिकारको हनन् गरेको उहाँको भनाइ छ ।

स्थानीयको अधिकार ग्यारेन्टी नगरेसम्म बन्चरेडांडामा फोहोर थुपार्न दिन नहुने पनि उहाँको जिकीर थियो ।

३ बर्षलाई सम्झौता गरेको सिसिडोल डम्पिगंसाइटमा आज १५ बर्षसम्म बितीसक्दा पनि फोहोर थुपारी सिगों गाउं नै प्रदुषित हुँदा पनि राज्य निकम्मा भएर बसेको स्थानीयको आरोप छ ।

यहाँबाट चुनाब जितेर गएका प्रतिनिधिसभाका सासंद एव सघीय सासंदहरुले कुनै दिन ससंदमा आवाज उठाएको सुनिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV