२० फाल्गुन २०७८, शुक्रबार
  • दान बहादुर बुढा,

मुगु । हिमाली जिल्ला मुगुस्थित नेपाल रेडक्रस सोसाइटीले अक्सिजनसहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । रेडक्रस सोसाइटी मुगु शाखाका सभापति जय बहादुर मल्लले बिरामीहरुको सहज उद्दार गर्नका लागि अक्सिजन सिलिन्डरसहितको एक्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको जानकारी गराएका छन् ।

कोरोना महामारीको समयमा जिल्ला विपद् ब्यवस्थापन समितिको आर्थिक सहयोगबाट सञ्चालित एम्बुलेन्सलाई नै रेडक्रड सोसाइटी मुगु शाखाले अक्सिजनसहित सञ्चालनमा ल्याएको हो । सभापति मल्लले विरामीहरुलाई सहजरुपमा स्वास्थ्य संस्थासम्म पु¥याउनका लागि अक्सिजन जडित एम्बुलेन्स सञ्चालनमा ल्याइएको बताए ।

त्यस्तै दुरुपयोग नहोस् भन्ने उदेश्यका साथ एम्बुलेन्समा जीपीएससमेत जडान गरिएको सभापति मल्लले बताए । जिल्लामा जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, छायाँनाथ सहकारी, मुगमकामारोड गाँउपालिका, सोरु गाँउपालिका, खत्याड गाँउपालिकालगाएतका आधा दर्जन एम्बुलेन्सहरु सञ्चालनमा छन् ।

तर, जिल्लाका अधिकांश बस्तीहरु सडक सञ्जालसँग जोडिन नसकेको कारण बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य संस्थामा पु¥याउन सक्ने अवस्था नभएको एम्बुलेन्स चालकहरुको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV