२० फाल्गुन २०७८, शुक्रबार

काठमाडौं । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पेट्रोलियम पदार्थको ढुवानी साधनमा ढुवानी भाडा लागू गर्न माग गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत पेट्रोलियम पदार्थको मूल्यवृद्धिका आधारमा ढुवानी भाडा लागू गर्न समितिले माग गरेको हो ।

समितिले नेपालमा पेट्रोलियम पदार्थको ऐन नभएको र तत्काल ऐन बनाएर लागू गर्न पनि माग गरेको छ । यस्तै, निगमको एलपीजी विनियमावली, विक्रेता नियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यवसायीको सुझावमा तत्काल संशोधन गर्नुपर्नेलगायत मागहरु राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV