२० फाल्गुन २०७८, शुक्रबार

काठमाडौं । सूचना प्रविधिको दुरुपयोग गरि फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्रामलगायतमा झुटो क्याप्सन, शीर्षक राखी सम्पान गर्नेलाई गृह मन्त्रालयले कारबाही गर्ने भएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय सूचना प्रविधिको दुरुपयोग गरि झुटा क्याप्स र शीर्षक राखेर समाजमा उत्तेजना, अफवाह र सामाजिक सद्भावमा खलल पुर्याइएको भन्दै त्यसप्रकारको गतिविधि गर्नेलाई कारबाही गरिने मन्त्रालयले जनाएको हो ।

विद्युतिय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुनबमोजिम कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।https://www.moha.gov.np/

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV