२० फाल्गुन २०७८, शुक्रबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग एमसीसी अनुमोदन भएसँगै स्थानीय तहको निर्वाचनमा गठबन्धनका दल मिलेर जाने वातारण बनेको बताएका छन् ।

शुक्रबार केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनमा गठबन्धनका दल मिलेर जाने वातावरण बनेको बताएका हुन् । त्यस्तै विहीबार सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठक बसेको र बैठकमा एमसीसी सम्झौता अनुमोदनको समीक्षा गरिएको जानकारी गराएका छन् ।

सोही क्रममा स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलहरू मिलेरै जाने कुरा भएको अध्यक्ष प्रचण्डले जानकारी दिएका हुन् । यसका साथै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा लामो समयदेखि अवरुद्ध रहेकाले त्यसको हल निकाल्नका लागि पहल गर्ने विषयमा पनि बैठकमा छलफल भएको जानकारी गराएका छन् ।

ाहालले बताएका छन् । लामो समय अवरोधकै बीचमा संसद् चलाइराख्ने हो भने संसदीय प्रणालीमै प्रश्न चिन्ह खडा हुने पनि दाहालको भनाइ थियो । एमसीसी सम्झौता अनुमोदन भएपछि पार्टीभित्र मतभेद चुलिएपछि माओवादी केन्द्रले आज केन्द्रीय समिति बैठक ढाकेको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV