१९ फाल्गुन २०७८, बिहीबार
  • केदार शर्मा,

चितवन । नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्वका लागि ५ जनाको उम्मेदवारी परेको छ । संस्थापन अर्थात शेरबहादुर देउवा समूहबाट मिलनबाबु श्रेष्ठ सभापतिमा उम्मेद्वारी दिएका छन् भने संस्थापन इतर चार जनाले उम्मेद्वारी दिएका छन् ।

जसमध्ये शेखर, शशांक समूहबाट उत्तम जोशी, राजेश्वर खनाल र डा.सूर्यकान्त घिमिरे चुनावी मैदानमा छन् भने कैलाश कोइराला कुनै समूहमा छैनन् । यस्तै २ जना उपसभापतिका लागि १५ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारी दिनेमा शालिक शर्मा पौडेल, सुरवीर पोखरेल, उद्धव लोहनी, महेश बानियाँ, हेमलाल भट्टराई, राजेन्द्र डोटेल, रघुनाथ भट्ट, भुवन खनाल, मोहितजंग पाण्डे, निलमणि पाठक, तेजप्रसाद अधिकारी, राजन गौतम, बुद्धिबहादुर गुरुङ, निर्मल कुमार श्रेष्ठ र राजीव न्यौपाने छन् ।

यसैगरि २ जना सचिवका लागि ८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै २ जना सहसचिवका लागि १० जनाको उम्मेद्वारी परेको छ । सभापति निर्वाचित हुनका लागि ५१ प्रतिशत मत आवश्यक पर्छ ।

पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसके दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्नुपर्ने हुन्छ । दुई हजार ९०६ मतदाता छन् ।

अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । यसैगरी तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV