१९ फाल्गुन २०७८, बिहीबार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ७६१ पुगेको छ । सोही अवधिमा १ लाख २४ हजार ७८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ७ हजार ५१७ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३२० जना कोरोना मुक्त भए, ३ संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय २० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५७ हजार ८०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९२४ जनाको परीक्षण हुँदा हालसम्म कुल ६५ लाख ०२ हजार ९०५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV