१९ फाल्गुन २०७८, बिहीबार

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गरेका हुन् ।

त्यस्तै महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोपसमेत लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV