१८ फाल्गुन २०७८, बुधबार
  • राम गोपाल तमखु,

भक्तपुर । नेपाली कांग्रेस मध्यपुर थिमि नगर सम्मेलन हुने भएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमितिले भोलि बिहीबार नगर सम्मेलन गर्न लागेको हो ।

नेपाली कांग्रेसको विधानमा प्रत्येक वर्ष नगर सम्मेलन गर्नुपर्ने व्यवस्थाबमोजिम मध्यपुर थिमिले भोलि नगर सम्मेलन गर्न लागेको आज पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । सम्मेलनमा प्रमुख अतिथि नेपाली कंँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले वडा नं. ४ बालकुमारीमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

सम्मेलनको बन्द सत्र भने वडा नं. ६ स्थित मध्यपुर बैंक्वेटमा हुने नगर सचिव राम थापा मगरले जानकारी दिए । उनका अनुसार नगर सम्मेलनमा नगरपालिकाका ९ वटै वडाका क्षेत्रीय प्रतिनिधि, वडा समितिका पदाधिकारी, नगरसमितिका पदाधिकारी र कार्यसमितिका सदस्यहरु लगायतको सहभागिता रहनेछन् ।

नगर सम्मेलनको बन्दसत्रमा मध्यपुर थिमि पार्टी संगठन विस्तारको कार्य दिशा निर्धारण, भातृ तथा शुभेच्छुक संगठन बिस्तार, भावी कार्यक्रम तर्जुमा, आगामी चुनावी रणनीति, निष्क्रिय बसेका पार्टीका पुराना अग्रज नेता कार्यकर्ताहरुलाई चलायमान बनाउने विषयमा आवश्यक छलफल, बहस गरी निर्णयसहित घोषणापत्र जारी गर्ने भनिएको छ । साथै, घोषणापत्रलाई कार्यान्वयनमा लगिने नगर सभापति हरिदास प्रजापतिले बताए ।

सम्मेलनमा प्रत्येक वडाले लिखितरुपमा प्रस्ताव ल्याउने र ती प्रस्तावमा व्यापक छलफल गरी राय, सुझावसहित पारित गरेर कार्यान्वयनमा लैजाने तयारी गरेको सभापति प्रजापतिले बताए । उनले सम्मेलनले मध्यपुर थिमि नगरपालिकाको पाँच वर्षे कार्यकालको समेत समिक्षा गर्नेे बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV