१८ फाल्गुन २०७८, बुधबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले सत्ता गठबन्धन कुनैपनि हालतमा नटुट्ने बताएका छन् ।

बुधबार बिराटनगरमा भरतमोहन अधिकारीको तेश्रो स्मृति दिवस तथा ज्येष्ठ नगारिक आधारभूत तथा प्रविधिमुलक शिक्षा कार्यक्रमको उद्घाटन गर्दै नेता खनालले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन निर्माण गरिएकोले कुनै हालतमा पनि नटुट्ने बताएका हुन् ।

उनले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि पनि गठबन्धन आवश्यक भएको तथा समाजवादी क्रान्ति र रुपान्तरणका लागि यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे ।

खनालले आफ्नो पार्टीका सांसदलाई निकाल्ने कसैको तागत नभएको दाबी समेत गरे । उनले मनमोहन अधिकारी प्रधानमंत्री र भरतमोहन अधिकारी अर्थमन्त्री भएको कम्युनिष्ट सरकारले जेष्ठ नागरिक लगायतलाई सामाजिक सुरक्षा भत्ता दिएर सम्मानित गर्ने परम्परा शुरु गरेको बताए ।

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले सुरु गरेको आधारभूत तथा प्रविधियुक्त शिक्षा कार्यक्रममा ४० जना जेष्ठ नागरिकहरुलाई एक वर्ष सम्म प्रविधियुक्त शिक्षा दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV