१८ फाल्गुन २०७८, बुधबार
  • तारा आचार्य,

विराटनगर । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले एमसीसीमा व्याख्यात्मक टिप्पणीले कुनै महत्व नराख्ने र नयाँ केही नगर्ने धारणा राखेका छन् ।

बुधबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता रिजालले एमसीसीबारे नबुझ्नेलाई बुझाउन र नेताहरुको इज्जत जोगाउनका साथै एमसीसी पारित गर्नका लागि व्याख्यात्मक टिप्पणी ल्याइएको र एमसीसी कम्प्याक्टमा कुनै परिमार्जन नहुने बताएका हुन् ।

उनले एमसीसीबारे अनावश्यक विवाद र विचार आएकाले यसबारे स्पष्ट पारिएको र कम्प्याक्ट भएकै कुरा व्याख्यात्मक टिप्पणीमा रहेको जानकारी गराए ।

सञ्चारकर्मीले गरेका प्रश्नमा नेता रिजालले युुगयुुगसम्म जाने भनेर नभई गठबन्धन केही निश्चित उद्देश्यले गरिएकाले निर्वाचनसम्म निरन्तरता नपाउने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV