१८ फाल्गुन २०७८, बुधबार

काठमाडौं । विगतका वर्षहरुमा जस्तै यो वर्षपनि महाशिवरात्री पर्वको अवसरमा सावित्री कञ्चनजंगा अगरबत्तीले पशुपति मन्दिर परिसरमा शुद्ध पिउने पानी तथा मास्क वितरण गरेको छ ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिकलगायत विभिन्न क्षेत्रहरुमा यस प्रकारका सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

यस कम्पनीले १०० जना भन्दा बढीलाई प्रत्यक्ष र ५०० जना भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । यस उद्योगले विभिन्न समयमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV