१७ फाल्गुन २०७८, मंगलवार
  • महेश्वर के.सी.

काठमाडौं । आज महाशिवरात्री । पशुपतिनाथ क्षेत्रमा दर्शनार्थीहरुको भीड छ । भित्र छिर्नका लागि ठेलमठेल गर्नुपर्छ । त्यहीँ भीडमा छन्, विभिन्न ठाउँबाट आएका ‘भोले बाबा’ हरु । पशुपति दर्शनका आएका दर्शनार्थीहरु गाँजा तान्दै गरेको बाबाको हातबाट चन्दन लगाएको दृश्य हेर्नेहरुको घुइँचो नै लागेको छ ।

दुलहीजस्तै श्रृंगारिएको पशुपतिमा स्वयंसेवक र सुरक्षाकर्मीहरु तैनाथ छन् । तैपनि भीडलाई उनीहरुले सन्तुलित गर्न सकिरहेका छैनन् ।दर्शनका लागि युवायुवती, वृद्धवृद्धा, बालबालिकालगायत आएका छन् । त्यसमध्ये पनि युवायुवतीहरुको बाहुल्यता बढी छ । त्यहीँ भीडमा तछाडमछाड गर्दै भित्र छिर्न खोज्ने युवायुवतीलाई प्रहरीले केही रोकेजस्तो गर्दा युवायुवतीहरु एकसाथ ठट्टा गर्दै भन्छन्– ‘शिवजीलाई बाटो छेक्छस् ।’

पछाडि फर्किएर हेर्दा शिवजीको रुपमा बाबा आइरहेका थिए । त्यहीँ बाबालाई इंगित गर्दै युवायुवती त्यसो भनेका रहेछन् । पशुपति क्षेत्रको अवस्था अहिले दर्शनार्थी र बाबाहरुको खचाखचले भरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV