१७ फाल्गुन २०७८, मंगलवार

काठमाडाैँ । महाशिवरात्रिको अवसरमा देशका विभिन्न भागमा रहेका शिव मन्दिर, शिवालय एवं तीर्थस्थलहरूमा भक्तजनकाे मेला एवं घुइँचाे लागेकाे छ । हेराैँ केही तस्वीर-

महाशिवरात्रीको अवसरमा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा देखिएको घुइँचाे ।
महाशिवरात्री पर्वको अवसरमा सप्तरीको राजविराजस्थित नन्देश्वर महादेव मन्दिरमा दर्शनका लागि लामबद्ध भक्तजन ।
महाशिवरात्रिका अवसरमा मङ्गलबार कैलालीकाे धनगढीस्थित शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाम परिसरमा रहेको साँढेको प्रतिमामा पूजा गर्दै भक्तजन ।
धनगढीको शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाम परिसरमा मङ्गलबार बाबाको हातबाट टीका लगाउँदै भक्तजन
महाशिवरात्रिका अवसरमा मङ्गलबार धनगढीस्थित शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाम परिसरमा रहेको शिवलिङ्गमा जल चढाउँदै भक्तजन ।
महाशिवरात्रि पर्वका अवसरमा आज भक्तपुरको प्रसिद्ध तीर्थस्थल डोलेश्वर महादेव मन्दिर परिसरमा साधुसन्तको हातबाट टीका लगाउँदै भक्तजन ।
भक्तपुरको प्रसिद्ध तीर्थस्थल डोलेश्वर महादेव मन्दिर परिसरमा मङगलबार साधुसन्तसँग आर्शिवाद लिँदै भक्तजन ।
भक्तपुरको प्रसिद्ध तीर्थस्थल डोलेश्वर महादेव मन्दिरमा पूजा गर्दै भक्तजन ।
विश्व हिन्दू युवा सङघद्वारा महाशिवरात्रि पर्वका अवसरमा सप्तरीको राजविराजस्थित नन्देश्वर महादेव मन्दिरमा पूजा गर्न आएका भक्तजनलाई प्रसाद वितरण गरिँदै ।
महाशिवरात्रि पर्वका अवसरमा आज भक्तपुरको प्रसिद्ध तीर्थस्थल डोलेश्वर महादेव मन्दिरमा रहेको ६४ शिवलिङ्गमा पूजा गर्दै भक्तजन ।
महाशिवरात्रि पर्वका अवसरमा पूजा गर्न म्याग्दीको बेनी नगरपालिका-९, गलेश्वरमा आएका भक्तजनको भीड । करिब तीस हजार भक्तजनले पूजा आराधना गरिसकेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
अर्घाखाँचीको सन्धिखर्क- २ चुत्राबेसीको भक्तिटोलामा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा महाशिवरात्रीको लागि टपरी गाँस्दै तथा फूल, माला र वेलपत्र मिलाउँदै स्थानीय महिलाहरु ।
महाशिवरात्रि पर्वका अवसरमा मङगलबार म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वर मन्दिर परिसरमा शिवलिङ्गमा जल चढाउँदै भक्तजन ।

तस्वीर : रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV