१६ फाल्गुन २०७८, सोमबार
  • केदार शर्मा

चितवन । एमसीसीको विरोधमा आज चितवनमा आन्दोलन भइरहेको छ । नेपाल बन्द घोषणा गरेका विभिन्न राजनैतिक दलका कार्यकर्ताहरु सडकमा आएर नाराबाजी गरिरहेका छन् । संसदबाट एमसीसी पारित गरिएकाे विरोधमा ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाको आईतबार बसेको बैठकले आज नेपाल बन्द गर्ने घोषणा गरेका थिए ।

बन्द सफल बनाउन भन्दै सडकमा आएका दलका कार्यकर्ताहरुले राष्ट्रघाती एमसीसी खारेज गर, वर्तमान सरकार मुर्दावाद, नेपाल बन्द सफल पारौँ लगायतका नारा लगाएर बन्दकर्ता सडकमा देखिएका छन् ।

यता, जिल्ला प्रहरी कार्यलय चितवनले भने बन्दकर्ता शान्त तरिकाले  प्रदर्शनमा रहेकाे भन्दै कार्यकर्ताले कसैलाई दु:ख नदिएको बताएको छ । बन्दका कारण चितवनमा छोटो तथा लामो दुरीका सवारी साधनहरू समेत सञ्चालनमा आउन सकेका छैनन्  । पसलहरु पनि फ्याट्टफुट्ट मात्र खुलेका छन् ।

पुलचोकदेखि लायन्स चोकसम्म बन्दकर्ताकाे प्रदर्शन हुँदा असुरक्षा महसुस भएर पसल खोल्न नसकेको व्यवसायीले बताएका छन् । लायन्स चोकमा आएर नाराबाजी गर्दै आएका बन्दकर्ताका कारण नजिकै रहेको पेट्रोल पम्प समेत बन्द गरिएकाे छ ।

बन्दकर्तासँगै तीन वटा गाडीमा रहेका सुरक्षाकर्मीहरु भने बन्दकर्ताकाे नाराबाजी सुनिरहेका देखिन्छन् । जबकि सर्बसाधरणलाई सुरक्षा दिलाउनु सुरक्षाकर्मीको दायित्व हाे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV