१६ फाल्गुन २०७८, सोमबार
  • अनमोल कार्की

रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

उनलाई आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट प्रहरी नायब उपरीक्षक पुष्प मल्लको नेतृत्वमा आएको टोलिले कार्यकक्षबाटै पक्राउ गरेको हो ।

उनको साथबाट दुई लाख पचाँस हजार नगद र दुई लाख पचाँस हजारको चेक फेला परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए ।

अख्तियारको टोलीले नगर प्रमुख पटेलसहित योजना प्रमुख, लेखापाल र मेयरका स्वकिय सचिवलाई पनि टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको उनले बताए ।

सोही नगरपालिकाको वडा नंम्वर १ का वडाअध्यक्ष शेख नुरुल्लाहसंग घुस बापतको रकम मागेको अख्तियारमा गुनासो आएपछि घुस सहित प्रकाउ गरिएको अख्तियारले जनाएको छ ।

यता जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष समेत रहेका नगर प्रमुख पटेललाई झुटा आरोपमा फसाएको सो पार्टीले दावी गरेको छ ।

मधेस प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले आफ्नो फेसबुक एकाउण्ट मार्फत नगरप्रमुख पटेल षडयन्त्रका सिकार भएको र सो विरुद्ध संघर्ष गर्न आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV